नेपाल टेलिभिजन काभ्रे सम्मवाददाता देवराज केसी सम्मानित

काभ्रे – नेपाल टेलिभिजन काभ्रे सम्मवाददाता पत्रकार देवराज केसी सम्मानित भएका छन् ।
बिहिवार बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवसको अबसरमा पत्रकार केसी सम्मानित भएका हुन । बनेपा नगरपालिकालाई पत्रकारिताको माध्यमबाट परिचित गराएको भन्दै नगरले केसीलाई सम्मान गरेको हो ।
आयोजित एक कार्यक्रमका बिच उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र नगर प्रमुख शान्तिरत्न शाक्यले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । उनी पत्रकार महासंघ काभ्रेका सहसचिव र प्रेस युनियन काभ्रेका उपाध्यक्ष समेत रहेका छन् ।
पत्रकार केसी सँगै स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित भएका छन ।
प्रतिक्रिया राख्नुहोस्