गणतन्त्रवादीहरुले कमजोरी गर्दा विचौलियाहरुले लाभ लिने अवसर पाए : प्रचण्ड
गणतन्त्रका सहयात्री दलहरुलाई आत्मआलोचना गर्दै जनतामा फर्कन आग्रह

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्रवादीहरुले केही कमजोरी गर्दा विचौलियाहरुले लाभ लिने अवसर प्राप्त गरेको बताउनु भयो ।
समाजवादी मोर्चाले आज काठमाडौँमा गरेको सभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रवादीहरुले गरेका कमजोरीका कारण प्रतिक्रियाबादी,दलाल एवम् विचौलिाहरुले लाभ लिने अवसर प्रप्त भएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले कुलमान सम्म आइपुग्दा सरकारले के गर्न चाहेको भन्ने विषयले सरकार सुशासन कति चाहान्छ भन्ने विषय स्पष्ट हुँदै गएको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री प्रचण्डले गणतन्त्रका सहयात्री दलहरुलाई आफ्ना गल्ति कमजोरी समीक्षा गर्न जनतातर्फ फर्काउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्