काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यू लाग्यो

काठमाडौंँ- काठमाडौँको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज (शुक्रबार) दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।

दुर्गा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि प्रशासनले कर्फ्यू लगाउनु परेको हो ।

आज तीनकुने क्षेत्रमा प्रदर्शनकारीले व्यक्तिको घर तथा पसल लगायतका भवनहरुमा आगजनी गरेका छन ।

दिउँसोदेखि नै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.