पूर्वराजाका समर्थकको प्रदर्शन राजनीतिक नभई हिंसात्मक र आपराधिक- गृह मन्त्रालय
शान्तिपूर्ण प्रर्दशनको नाउमा अपराधिक गतिविधि गर्ने आयोजकमाथि कारवाही हुन्छ

काठमाडौँ- सरकारले काठमाडौको तीन कुने क्षेत्रमा पूर्व राजाका समर्थकको प्रदर्शन राजनीतिक नभई हिंसात्मक एवम् आपराधिक भएको बताएको छ ।
गृह मन्त्रालयले आज साँझ गरेको पत्रकार सम्लेनमा शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा प्रर्दशनमा हिंसापूर्ण एवं अपराधिक खालका गतिविधिहरू भएको यस्तो गतिविधि गर्ने आयोजकमाथि कारवाही हुने जानकारी गराएको हो ।
मन्त्रालयले पूर्वराजाका समर्थकहरूद्वारा तिनकुने क्षेत्र लगायतका स्थानहरुमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले व्यक्तिको निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य रहेको बताउँदै यस्ता गतिविधि गर्ने आयोजक माथि कारवाही हुने जानकारी गराउनु भयो ।
के कस्तो के कारवाही अघि बढाउने भन्ने विषयमा भने सहसचिव रिजालले वर्तमान कानुन अनुसार कारवाही हुने उल्खेक गर्नु भयो ।
तीनकुने क्षेत्रमा आज भएको पूर्वराजा समर्थको प्रर्दशनको क्रममा १५ जना प्रहरी घाइते भएका छन् । यस्तै प्रर्दशनकारी तर्फ १०० भन्दा बढी घाइते भएको गृह मन्त्रालयले जनाएको छ । प्रर्दशनमा घाइते भएका १ जनाको भने उपाचारको क्रममा निधन भएको छ ।
प्रर्दशनकारीले कोटेश्वरमा रहेका निजिघरहरुमा तोडोफोड आगजानी गर्नुका साथै केही सरकारी गाठी र जडबुटी उद्योगको कार्यकलायमा मसेत आगजानी र तोडोफोड गरेका छन।
राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी
काठमाडौंको तीनकुने क्षेत्रमा तनाव भएपछि कर्फ्यू आदेश जारीसँगै नेपाली सेना सुरक्षाका लागि खटिएको छ। सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा निस्किएको हो। उहाँले सेना परिचालन नभएर खटिएको प्रष्ट पार्नुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार दिउँसोबाट निषेधाज्ञा कर्फ्यू जारी गरेपछि सेनाको टोली परिचालन भएको हो ।
सेनाको बख्तरबन्दसहितको टोली तीनकुनेसहितका क्षेत्रमा पुगेको छ । काठमाडौं जिल्ला प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।
निषेधाज्ञा अवधिभर आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्