गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादीहरूको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गर्नुभएको छ ।

शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गर्नुभएको हो ।

शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरूले तीनकुने, बानेश्वर, जडीबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पत्ति तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिवार उक्त क्षेत्रको अनुगमनका लागि जानुभएको हो । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.