काठमाडौँ महानगरद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना

काठमाडौ- काठमाडौँको तीनकुनेमा शुक्रबार भएको विध्वंस र तोडफोड र फोहर गरी वातावरण प्रर्दुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षक अन्तर्गत जरिवाना तिराउन पत्रचार गरेको छ ।

ज्ञानेन्द्र शाहको नाममा निर्मल निवासमा पत्रचार गर्दै काठमाडौँ महानगरले कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको जानकारी गराएको हो । 

”प्रस्तुत बिषयमा मिति २०८१ चैत्र १५ गतेका दिन काठमाडौँ महानगरपालिका वडा नं -३२ तिनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।” पत्रमा भनिएको छ । 

यस्तै महानगपालिकाले विभिन्त्र कानुन अन्तर्गतको शीर्षकमा जरिवान तोकेर ७ लाख भन्दाबढी जरिवाना बुझाउन पत्रचार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.