गोरखाको अश्राङमा भएको निःशुल्क मुटु स्वास्थ्य शिविर ६३७ जनाले सेवा लिए

गोरखा- भीमसेन थापा गाउँपालिकाको अश्राङमा भएको निःशुल्क मुटु स्वास्थ्य शिविरमा ६३७ जनाले सेवा लिएका छन् । हिजो शनिवार भएको निःशुल्क शिविरमा उक्त सङ्ख्यामा सर्व साधारणहरूले सेवा लिएको सहजकर्ता परशुराम पन्तले जानकारी दिनुभयो ।
संम्भव नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा सहिद स्मृति आधारभूत अस्पताल अश्राङमा शिविर भएको थियो ।
भीमसेन थापा गाउँपालिकाको समन्वय, त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग र जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा शिविरको आयोजना गरीएको सहजकर्ता पन्तले बताउनु भयो ।
त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ डा.चन्द्रमणी पौडेलको नेतृत्वमा आउने चिकित्सकहरुको टोलीले शिविरमा आउने सेवा ग्राहीहरुको स्वास्थ्य जाँच गराएको उहाँले बताउनु भयो ।
डा.पौडेलको नेतृत्वमा १६ जनाको चिकित्सक टोलीले ३७५ जनाको ईसिजी ३७० जनाको इको गराएको पनि उहाँले जानकारी दिनु भयो ।
शिविर सेवा लिएका मध्ये १६ जनाको अवस्था जटिल देखिएपछी उनीहरुलाई त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौं आउन भनिएको छ ।
शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको सहजकर्ता पन्तले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्