तेस्रोपटक सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठकको समय परिवर्तन
बैठक आजै दिउँसो ४ बजे बस्ने

काठमाडौं – प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । संसद् सचिवालयले तेस्रोपटक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराएको छ ।
यसअघि आजै बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा सो बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको थियो ।
सवा १ बजे बोलाइएको बैठकमा सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की चल्यो ।
त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो साढे ३ बजेसम्मका लागि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ४ बजे बस्नेगरी बैठक तेस्रोपटक सार्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्