प्रधानमन्त्रीले डाक्नुभएको सर्वदलीय बैठक सिंहदरवारमा बस्दै

काठमाडौँ- प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठक अहिले केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सर्वदलीय बैठक सिंहदरवारमा  बस्न लागेको हो।

बैठकमा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन र लोकतान्त्रिक गणतन्त्र विरुद्धको विभिन्न खाले अभियानलाई निस्तेज बनाउने कुरामा छलफल हुने नेपाली काँग्रेसका एक नेताले बताए ।

बिकसित पछिल्लो घटनाक्रम र संसदमा जारी अवरोध खुलाउने लगायतका समसामयिक राजनीतिक विषयमामा पनि छलफल हुने छ ।

यसअघि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्बाद भएको र त्यस लगत्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाइएको जानकारी नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले दिनुभयो ।

आजको सर्वदलीय बैठकमा राप्रपालाई भने बोलाइएको छैन । राजसंस्था स्थापना गर्ने भन्दै भएको गत शुक्रबारको हिंसात्मक प्रदर्शनमा राप्रपाका नेताहरु पनि सहभागी थिए ।

हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै राप्रपाको उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवल शमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.