सिफारिस समितिले थाल्यो काम

काठमाडौँ- सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ ।

समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा लीली थापाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो ।

सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ ।

सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.