रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि उडान

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि उडान भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट आज उडान गरेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

नेपाल एयरलायन्सको जहाज मर्मतका कारण लामो समयसम्म नियमित उडान हुन सकेको थिएन । आज काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना र रेसुङ्गाबाट काठमाडौंका लागि चार जना सवार रहेको थापाले बताउनुभयो ।

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थियो । पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३ सय र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५ सय रुपियाँ भाडा लाग्ने गर्दछ । काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गर्दछ ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका थिए । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.