काठमाडौं उपत्यका आज विश्वकै दोस्रो वायु प्रदूषित सहरको सूचिमा

काठमाडौ‌- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो ।

प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ । इन्डेक्सका अनुसार अहिले बिहान साढे ९ बजेको मापन अनुसार नेपालको वायु गुणस्तर सूचकाङ्क एक्यूआई २६८ छ भने भारतको ३९५ रहेको छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च भएको विज्ञहरुले बताएका छन् । यस्तो बेला विशेष सावधानी नअपनाए स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.