नागढुङ्गा मुग्लीन सडक खण्डमा कालो पत्रे गर्ने काम सुरु

धादिङ –  स्तोन्नती सहित निर्माणाधीन अवस्थामा रहेको नागढुङ्गा मुग्लीन सडक खण्डको पन्चानब्बे किलो मिटर क्षेत्रको ठाउँ ठाउँमा कालो पत्रे गर्ने काम सुरु भएको छ ।

त्रिभुवन राजपथको नाग ढुङ्गा नौबिसे सडक खण्डको बाह्र किलो मिटर क्षेत्र मध्य आठ र नौबिसे मुग्लीन सडक खण्डमा करिब एघार किलो मिटर सडकमा कालो पत्रे गरिसकेको नाग ढुङ्गा मुग्लीन सडक योजनाले जनाइएको छ ।

विशेष गरी मानव बस्ती बाक्लो भएको र बजार क्षेत्रमा पहिलो प्राथमिक्तामा राखि छिटो छिटो कालो पत्रे गर्ने काम सुरु गरिएको हो ।

अब राजमार्गको बजार क्षेत्रमा केही हदसम्म भए पनि धुलो र हिलो कम हुने विश्वास स्थानियको छ ।

सडक निर्माणका क्रममा अत्यधिक धुलो र हिलोको समस्याले गर्दा स्थानीय बासिन्दाहरुला सास्ती भएको भन्दै बजार क्षेत्र र मानव वस्ति

भएका स्थानहरूमा छिटो छिटो कालो पत्रे गर्न लागेको हो ।

सो सडक खण्डमा पर्ने महादेववेशी, सिम्ले, डाँडे,गल्छी बैरेनी,मासटार, विसालटार चुम्लीङ्गटार लगाएत कुरीनटार र लेवाटारमा कालो पत्रेको काम भईरहेको छ । यी स्थानहरू मध्ये पनि केही स्थानमा तिनै तहको कालो पत्रे डिविएम समेत गरिसकिएको छ ।

सडक कालो पत्रे गर्न सुरु गरेसगै स्थानीय निकै खुसी भएका छन् । करिब तिन वर्षसम्म धुलो ,धुवा र हिलोको समस्याले ग्रस्त भएका स्थानीय अब केही हदसम्म भए पनि कम हुने आसामा छन् ।

पानी पर्दा हिलोका कारण सवारी जाम र सामान्य घाम लाग्दा धुलोको समस्याले गर्दा राजमार्ग आसपासका स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।

तिन खण्डमा विभाजन गरी स्तोरन्नती सहित निर्माण सुरु गरेको नाग ढुङ्गा मुग्लीन सडक खण्डमा पहिलो खण्ड नागढुङ्गदेखी   नौबिसेसम्म १२ किलो  मिटर मध्ये आठ किलो  मिटर कालो पत्रे भई सकेको छ ।

यसै गरी नौबिसे मलेखुसम्मको दोस्रो खण्डमा सात किलो मिटर र तेस्रो खण्ड मलेखु मुग्लीनमा तीन दशमलव पाँच किलो मिटर सडक कालो पत्रे भई सकेको नाग ढुङ्गा मुग्लीन सडक योजनाले जनाइएको छ ।

सडक निर्माणको काम निकै तीव्र गतिमा भई रहेको योजनाले जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.