अटिजम भएका बालबालिकाको लागि हेटौंडा उपमहानगरले विद्यालय सञ्चालन गर्दै

काठमाडौँ- अटिजम भएकाबालबालिकालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ ।

बिश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरले हेटांडा–११ मा विद्यालय सञ्चालनकालागि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

उपमहानगरले महिलाहरुका लागि भवननिर्माणको काम गर्नका लागि डिपीसी समेत भैसकेको जमिनमा बिद्यालय सञ्चालनको तयारी थालिएको उहाँले बताउनुभयो । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभाबकले निजी क्षेत्रबाट सञ्चालन भएका बिद्यालयबाट चर्को शुल्क असुलेको गुनासो गरीरहेको सन्दर्भमा अब सबै खालका परिवारलाई लक्षितगर्दै उपमहानगर आफैले बिद्यालय सञ्चालनको पाटो अघि बढेको उहाँले बताउनुभयो ।

हेटौंडा–४ मा रहेको सेन्टर फर अटिजममा अध्ययनरत बालबालिकाको अभिभाबकसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख लामाले अटिजम भएका बालबालिका र शारीरीक रुपमा अशक्तबालबालिकालाई एकै ठाउँमा राखेर हेर्ने प्रवृतिका कारणे समस्या देखिएको बताउनुभयो । अहिले सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ जनाबालबालिका अध्यापन गर्दै आएका छन् ।

कार्यक्रममा अभिभाबकले उपमहानगरले अटिजमको बिषयमा स्थानिय तह जिम्मेवार बन्न आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.