एकजुट हुँदै मधेश केन्द्रीत दलहरु, भोलि मोर्चाको घोषणा गरिदै

काठमाडौँ- मधेस केन्द्रित सातवटा राजनीतिक दलहरूले भोलि मोर्चाको घोषणा गर्ने भएका छन् ।
थापागाँउ नयाँ बानेश्वरमा रहेको काठमाडौं ब्याङ्केटमा बिहिवार ३ बजे तराई मधेश केन्द्रित सात दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा कार्यक्रम रहेकोले नेता केशव झाले जानकारी दिनु भएको छ ।
सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।
सत्ता र गुटका कारण कहिले टाढीने त कहिले नजिकिे मधेशकेन्द्रित राजनीतिक दलहरूले अहिले एक पटक फेरि हातेमालो गर्न लागेका छन्।
त्यस कारण कसैको विरुद्धमा भन्दा पनि प्राप्त अधिकारको रक्षाका लागि गठन गर्न लागिएको नेताहरुले बताएका छन ।
कतिपयले भने वर्तमान सत्ता गठबन्धनबन्दा राजनीतिक स्थायीत्वका लागि संविधान संशोधन मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने निश्कर्ष सहित उक्त विषयलाई महत्वमा राखेसँगै थ्रेश्होल्डको विषयले नै मधेशी दलहरूलाई एक ठाउँमा उभ्याएको ह्न सक्ने आशंका गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्