एक बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो

गलकोट- बागलुङ नगरपालिका-७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि ६८ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ ।

‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै गत फागुन २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएपछि सहयोग अभियान सुरु भएको थियो । यही चैत १९ गते अभियान बन्द गरिएको छ ।

५० लाख रुपैयाँ सङ्कलन गर्ने उद्देश्य राखिएकामा यस अवधिमा ६८ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएकाले अभियानलाई बन्द गरिएको बालिकाका बुबा सागर खत्रीले जानकारी दिनुभयो ।

बालिकाको उपचारमा परिवारले ५० लाख रुपैयाँ खर्च गरिसकेपछि आर्थिक अभाव भएकाले सहयोग अभियान थालिएको उहाँले बताउनुभयो । अभियानको एक महिनामै देश विदेशमा रहेका आमनेपालीबाट लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.