दाउन्नेको जीर्ण सडकले बर्दघाट नगरपालिकाले ल्याएका डायलिसिस गर्ने मेसिनमा क्षति

पश्चिम नवलपरासी-  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले डायलिसिस सेवाका लागी ल्याएका मेसिनमा ढुवानीको क्रममा क्षति पुगेको छ । नारायणगढ बुटवल सडक खण्डको जीर्ण अवस्थाका कारण काठमान्डौँ बाट ल्याइएको दाउन्ने क्षेत्रमा आउदा क्षति पुगेको बताइएको छ ।

अहिले दाउन्ने क्षेत्रमा बाक्लो धुलोका कारण सडकका खाल्डाखुल्डी समेत नदेखिने अवस्थाले गर्दा जर्मनबाट प्राप्त मेसिनमा क्षति पुगेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो।ट्रकमा लोड गरेर प्राविधिकहरूको निगरानीमा ल्याइएको भए पनि सडकको जीर्ण अवस्थाले महत्वपूर्ण उपकरणमा क्षति पुगेको श्रेष्ठले बताउनुभयो ।

“विशेष पहल गरेर मेसिन ल्याइएको थियो, तर दाउन्नेको सडकको अवस्थाले मेसिनमा क्षति पुग्यो, सडकले गर्दा अन्तराष्ट्रियस्तरमा समेत नेपालको बेईज्ज्त भएको छ,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो । उहाँले सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडका प्रतिनिधिलाई तत्काल सडक सम्म्याउने र दाउन्ने क्षेत्रको कामलाई गति दिन पनि ध्यानाकर्षण गराउनुभयो ।

सुरक्षित तवरबाटल्याइएको भए पनि अत्याधिक खाल्डाखुल्डी र धुलोले सडकको अवस्था थाहा नहुँदा क्षति पुगेको प्राविधिकहरूले बताएका छन् । अहिले दा उन्ने क्षेत्रमा सडक फराकिलो बनाउन पहाडकाट्ने र पुल कल्र्भट निर्माणको कामले सडक झनै जीर्ण बनेको छ । बर्दघाटनगरपालिकालाई प्राप्त ६ वटा हेमोडायलाइसिस मेसिन मध्ये ४ वटा ल्याइएको छ भने बाँकीदुई वटा ल्याउन बाँकी छ ।बढि क्षति पुगेकोदुई वटा मेसिन फिर्ता पठाइएको छ भने त्यसलाई जर्मनका रोटरी भोलन्टियर्सकोसंस्थाले परिर्वतन गरी नयाँ पठाउने छ ।

मृगौलाका बिरामीहरूलाई डायलाइसिसका लागीबुटवल भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले बर्दघाट १२ चौपत्तामा रहेकोसामुदायिक अस्पतालमा सेवा सुरु गर्ने जनाएको छ । जसका लागी आवश्यक तयारी भइरहेकोनगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.