सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ – बिहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.८१ अङ्कले बढेर २ हजार ७ सय २ दशमलव ८६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २४ स्क्रिपको ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधवार करिब साढे ५ अर्बको शेयर कारोबार भएको थियो । बिहीबार ९३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढेको छ। त्यसै गरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत घटेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि- इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन ग्रिन भेन्चर्सको शेयर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ भने राँधी विद्युत् कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशत बढेको छ।
प्रतिक्रिया राख्नुहोस्