सहकारी दिवसको अवसरमा गुल्मीमा ४ वटा सहकारी सम्मानित

गुल्मी – ६८ औँ सहकारी दिवसको अवसरमा गुल्मी जिल्लाका ४ वटा सहकारी सम्मानित भएका छन् ।
 जिल्लाका मैत्री बहुउद्देश्यीय सहकारी संस्था, अम्मरकल्यण महिला विकास सहकारी संस्था, बाँस खर्क कृषि सहकारी संस्था र लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सम्मानित भएका हुन् ।
सहकारी क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सम्मान गर्नु भएको थियो ।
दिवसको अवसरमा जिल्ला सहकारी संघको आयोजनामा तम्घासमा करिब ४० वटा संस्थाले संयुक्त रूपमा सहकारी कर्मीको प्रभात फेरि सहित कार्यक्रम गरेका थिए ।
समाजमा सहकारी प्रति बढ्दै गइरहेको निरासालाई चिर्नका लागि बृहद कार्यक्रम गरिएको जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाले बताउनुभयो । जिल्लामा सहकारी प्रति बढदो जनलहर रहेको उहाँले बताउनुभयो ।
 दिवसको अवसरमा सहकारी आन्दोलनका इतिहास र सहकारी संस्थाहरूको महत्वलाई समर्पित गर्दै स्थानीय सहकारी संस्थाका सदस्यहरू, कर्मचारीहरू र समाजका विभिन्न व्यक्ति सहभागी भएका थिए। सहभागीहरूले सहकारी आन्दोलनको महत्त्व र यसको समाजमा पुर्याएको योगदानको बारेमा नारा लगाउँदै जुलुस निकाल्दै बजार परिक्रमण गरेका थिए ।
यस अवसरमा सहकारी संस्थाका विभिन्न पदाधिकारी, सदस्य र सामाजिक क्षेत्रका अग्रणी व्यक्तिहरूले सहकारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि एकता र समन्वयको आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि  लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारी संस्थाहरूको भूमिका समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण रहेको बताउनुभयो ।
 उहाँले सहकारी आन्दोलनलाई अझ प्रगति र समृद्धिको बाटोमा लैजान सबैलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल लगायतका जिल्लाका सहकारी कर्मीहरुले सहकारी दिवसको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।
जिल्लामा करिब ४ सय वटा सहकारी रहेको जिल्ला सहकारी संघ गुल्मीका प्रमसख युवराज आचार्यले बताउनुभयो ।
 जिल्ला सहकारी संघमा भने १०२ वटा सहकारी संस्था आवद्ध रहेका छन् ।
पछिल्लो समय स्थानीय तहमै सहकारी संस्था दर्ता हुने भएकाले जिल्ला सहकारी संघमा आवद्ध हुनेको संख्यामा कमी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.