प्राधिकरणबाट मात्र विदा भएको हुँ, नागरिकको रुपमा मेरो अभिभारा कम हुने छैन : घिसिङ

कुलमानको प्रश्न, सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास अपराध हो ?

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफु विद्युत प्राधिकरणबाट विदा भएपनि जनता प्रतिको जिम्वेवारीमा भने कुनै कमी हुनु नदिने बताउनु भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङ्गले आफूले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न नसक्दा बर्खास्ती पाएको बताएका छन्।  ‘मैले कानुनभन्दा बाहिर गएर कुनैपनि निर्देशन मान्न सक्दिनँ। डेडिकेटेड र ट्रंकलाइनको कुरामा विवाद सुरु भयो। बक्यौता  उठाउन खोज्नु नै मेरो बर्खास्तीको मुख्यक कराण बनेको छ ।  त्यसैले बर्खास्ती पाएँ,’ पत्रकार सम्मेलनमा घिसिङ्ले भन्नु भयो ।

आफूले महशुल उठाउन खोज्दा निरन्तर दवाव  र पटक पटक आदेश आएका कारण आफूले उठाउन नसकेको उनको स्पष्टिकरण दिनुभयो । ‘’लाइन विच्छेद गरी बक्यौता असुली गर्ने सहमतिको लागि मैले विद्युत नियमन आयोगलाई २०८१ चैत्र ११ गते पत्राचार गरेको थिए । त्यसलगत्तै मलाई वर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो  बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नु पर्ने मुख्य कारण बन्यो । सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ । घिसिङ्गले पत्रकार सम्मेलनको क्रममा भन्नुभयो ।

उहाँले संस्था र राष्ट्रप्रतिको घात गर्न आफ्नो इमान र स्वाभिमानले नदिएकोर कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरि मानेर म आफ्नो भूमिकामा निर्वाह गरेको बताउनु भयो ।घिसिङ्ले आफुलाई एक इमानदार राष्ट्रसेवकका रुपमा आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम नगरेको र अवसर ,अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.