तीनकुनेको घटना नियोजित र गणतन्त्र उल्ट्याउने नियतमा भएको थियो- गृहमन्त्री

काठमाडौँ- शान्तिपूर्ण कार्यक्रम गर्ने भन्दै अनुमति मागेर पूर्वराजका समर्थकहरुले चैत १५ गते तीनकुनेमा नियोजित रुपमा आपराधिक गतिविधि गरेको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुसाशन समितिको आजको बैठकमा तीनकुने घटनाबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले सो घटना संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने नियतले नियोजित रुपमा गराइएको जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकको चैत १५ को घटना संविधानलाई उल्ट्याउने नियतले गरिएकोमा कुने दुविधा नभएको भन्दै वर्तमान व्यवस्थालाई उल्ट्याउने नियतले गरिएको आन्दोलन क्षम्य नहुने बताउनुभयो ।

घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाल प्रहरीलाई निर्देशन दिइएको र अनुसन्धान जारी रहेको पनि उहाँको भनाइ थियो ।

गृहमन्त्री लेखकले सरकारले तीनकुने घटनामा ज्यान गुमाएका एक पत्रकारसहित दुई जनालाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिसकेको जानकारी दिनुभयो ।

आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गराउने पनि गृहमन्त्रीले समितिलाई जानकारी गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.