उच्च अदालतको आदेशपछि रास्वपा सभापति लामिछाने पक्राउ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धि मुद्दामा उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उहाँ पक्राउ पर्नुभएको हो ।

उहाँलाई आफ्नै निवास बुढानिलकण्ठस्थित सिजी हिल्स अपार्टमेण्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले यसअघि धरौटीमा छाड्ने आदेश दिएको थियो तर उच्चले सो आदेश बदर गरिदिएको हो ।

अदालतको आदेश आए लगत्तै लामिछानेले आफूले स्वयं गिरफ्तारी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.