प्रधानमन्त्री ओलीद्वारा रामनवमी पर्वको शुभकामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र शुक्त नवली अर्थात रामनवमी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको बताउनु भएको छ ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ- “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।” सबैलाई रामनवमी र चैते दशैंको शुभकामना !!
प्रतिक्रिया राख्नुहोस्