अमेरिकाभर राष्ट्रपति ट्रम्प बिरुद्ध प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ ।
गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछिको यो सबैभन्दा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन हो ।
ट्रम्पले गरिरहेको अनावश्यक हस्तक्षेपका विरुद्ध अमेरिकाका ५० वटै राज्यका १ हजार २ सय स्थानमा विरोध प्रदर्शनको लक्ष्य रहेको छ ।
हिजो बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसी लगायत अन्य शहरहरूमा हजारौं मानिसहरू प्रदर्शनमा सहभागी भए ।
प्रदर्शनकारीहरूले ट्रम्पले अघि सारेका सामाजिकदेखि आर्थिक मुद्दाहरूमा आफ्ना असन्तुष्टि र गुनासोहरू पोखेका छन् ।
ट्रम्पले विश्वभरका अधिकांश देशहरूमा आयात शूल्क लगाउने घोषणा गरेको केही दिनपछि, लन्डन, पेरिस र बर्लिन लगायत अमेरिका बाहिर पनि भेलाहरू आयोजना गरियो ।।
प्रतिक्रिया राख्नुहोस्