पुस्तौंपछि नेपालमा पाइला टेक्दै मेरो भ्वाइस युनिभर्सका प्रतिभा

काठमाडौं -विश्वस्तरीय नेपाली रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका लागि संसारभरबाट प्रतिष्पर्धीहरु काठमाडौं आउन थालेका छन् ।

आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ती प्रतिभाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा स्वागत गर्नुभयो ।

उहांले संस्कृतिका माध्यमबाट संसारभरका नेपाली जातिका बीचमा एकता कायम गर्ने अभियानमा सबैको साथ पाउने आशा व्यक्त गर्नुभयो । आज शनिवार काठमाडौं आउनेमा छिमेकी भुटानदेखि युरोपसम्मका विभिन्न देशका प्रतिभाहरु रहेको फाउण्डेसनले जनाएको छ ।


मेरो भ्वाइस युनिभर्सका लागि भुटानबाट ४ जना, दुवईबाट ७ जना, हंगकंगबाट ५ जना, कतारबाट ५ जना, पोर्चुगलबाट २ जना, म्यान्मारबाट १ जना , भारतको मुम्बईबाट ५ जना प्रतिभाहरु काठमाडौं आइपुगेका छन् ।

भुटान र म्यान्मारबाट आएका प्रतियोगीहरु जीवनमा पहिलोपल्ट नेपाल आइपुगेका हुन् । उनीहरुले आफ्‌नो पितृभूमि नेपालमा पाइला टेक्न पाउदा आफू धन्य भएको भन्दै आयोजक फाउण्डेसनप्रति आभार व्यक्त गरेका छन् । धेरै पुस्तापछि आफूहरुले नेपाल टेक्न पाएको उनीले गर्व महसुस गरेको बताए । अन्य मुलुकका प्रतियोगीहरु पनि नेपाल आउने क्रममा रहेको आयोजकले जनाएको छ ।

विश्वका विभिन्न मुलुकहरुमा भएका अडिसनहरुबाट छनौट भई भ्वाइस युनिभर्सका लागि एकसय २० जना र मेरो डान्स युनिभर्सका लागि एकसय २० जना प्रतिष्पर्धीहरु काठमाडौं आउने छन् । उनीहरुलाई काठमाडौंमा खाने वस्ने लगायतको सम्पूर्ण व्यवस्था आयोजक संस्था इन्ट्रा फाउण्डेसनले नै व्यहोर्ने छ । दुबै शोहरु नेपाल टेलिजिनबाट प्रसारण हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.