धादिङका दर्जनौँ सामुदायिक बनमा डढेलो

धादिङ- धादिङको नीलकण्ठ नगरपालिकाको ससाहा ज्यामिरे सामुदायिक वन लगाएत एक दर्जन सामुदायिक वनमा नयाँ डढेलो सल्केको छ ।

दर्जनौँ सामुदायिक वनमा सल्केको डढेलो निकै परसम्म फैलिएको छ ।

स्थानीयको सक्रियतामा पटक पटक डढेलो निभाउने प्रयास गरिएपनि श्रोत साधनको अभावले समस्या भएको स्थानीय उपभोक्ताहरुको भनाइ छ ।

नगरपालिकाको वडा नम्वर-१४ मा पर्ने धुवाकोटको अशु सामुदायिक वनबाट सल्कन सुरु भएको डढेलो अहिले डाँडा गाउँ,असु वन हुँदै पुरी गाउँबाट भगेरीचुली सामुदायिक वन क्षेत्रसम्म पुगेको वडा अध्यक्ष नवराज दुवाडीले जानकारी दिनुभयो ।

डढेलो बस्तीमा पस्ने खतरासमेत बढेको छ भने गाउँ बस्तीसम्म ल्याइएको खाने पानीका पाइपसमेत डढेलोका कारण जलेर नष्ट हुँदा थप समस्या आएको छ ।

स्थानीयको एउटा गोठलगाएत जम्मा गरेका दाउरा डढेलोका कारण जलेका छन् ।

वन क्षेत्रमा निकै फराकिलो भएर डढेलो फैलिएकोले नियन्त्रणका लागि समस्या भएको हो ।

नेपाल प्रहरीसहित नगरप्रहरीको टोली र स्थानीयले डढेलो निभाउने प्रयास गरेरिहेपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

दर्जनौँ सामुदायिक वनमा डढेलो लाग्दा समेत डिभिजन वन कार्यालय धादिङले नियन्त्रणका लागि कुनै चासो नदिएको आरोप स्थानीय उपभोक्ताको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.