हुम्लाको उत्तरी नाम्खामा ३९ वटा  दुर्लभ लोपोन्मुख हिउँ चितुवा

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा  दुर्लभ लोपोन्मुख हिउँ चितुवा रहेको पाइएको छ । उकाली तथा तेस्रो ध्रुव संरक्षणले र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको हो । सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।

क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा  तेस्रो ध्रुव संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्र्याप प्रयोग गरी ४७२६ क्यामेरा दिनको सर्वेक्षण गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता लामाले बताउनु भयो । यो संरक्षित क्षेत्र बाहिर गरिएको पहिलो सर्वेक्षण हो ।

अनुसन्धानकर्ता लामाका अनुसार नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथमिक्तामा राखेको छ । यस अध्ययनले अभियानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, वन तथा भू-संरक्षण विभाग तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरूको सहकार्यमा अघि सारिएको राष्ट्रिय  हिउँ चितुवा गणना अभियानमा  यो अध्ययनले प्रत्यक्ष रूपमा योगदान गर्ने वैज्ञानिक आधार प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.