शिक्षकहरु सडकमा गएर सुत्नै पर्दैन,माग सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले सम्बोधन गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उहाँले जायज मागहरुको सम्बोधन गर्न सरकार तयार रहेको भन्दै सडकमा गएर सुत्न आवश्यक नभएको बताउनु भयो ।

उहाँले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताउनु भयो । उहाँले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताउनु भयो । उहाँले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान गर्नुभयो । शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उहाँको भनाइ छ ।

जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, उहाँले थप्नुभयो ।

”अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरुले किन दुःख पाउनुभएको हो रु उहाँहरु कुराकानीका लागि आउनुहोला । हामी यथोचि ढंगले माग सम्बोधन गर्छौँ । हामी संक्रमण कालमा छौँ र केही केही तत्वहरु छन् आगजनी, हिंसा हत्या, तोडफोडका प्रवृत्ति पनि छदैछन् । केही केहीले कानून संविधान मान्दौनै भनेका पनि हामीले सुनेकै छौँ । प्रधानमन्त्री ओलीले भन्नुयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.