बारमा लोकतान्त्रिक प्यानलको अग्रता (पछिल्लो मतको सूचीसहित)

काठमाडौँ- नेपाल बार एशोसिएसन नयाँ नेतृत्वको लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस एमाले निकट वकिलहरुको प्यानले आग्रता लिएको छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार अध्यक्षमा कांग्रेस- एमाले निकट प्यानलका विजय प्रकाश मिश्रले ७०७ पाउँदा यता माओवादी र नेकपा एस निकट वकिलहरुका तर्फबाट उम्मेदवार रमण श्रेष्ठले ४३४ मत पाउनु भएको छ ।
त्यस्तै महासचिवमा केदार कोइरालाले ७१२ मत पाउँदा र यज्ञमणी न्यौपानेले ३७५ मत पाउनु भएको छ । आजलाई मतगणना स्थगित गरिएको छ भने भोलि विहान ८ बजेबाट पुन: सुरु हुने नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्