सिराहाको घुर्मी खोला किनारमा भेटिएको शव सम्बन्धी घटनामा एक पक्राउ

सिराहा-  सिराहा जिल्लाको गोल बजार नगरपालिका वडा न. ९ स्थित घुर्मी खोला किनारमा चैत १२ गते कुहिएको अवस्थामा  फेला परेको शव सम्बन्धी घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिराहा प्रहरीले घटनामा संलग्नता देखिएको भन्दै गोल बजार नगरपालिका वडा नं. ९, गोविन्दपुर बस्ने २४ वर्षीय वीर बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनलाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।  चैत १२ गते घुर्मी खोला किनारमा गाडिएको अवस्थामा गोल बजार नपा ९ बस्ने बेचन अलिको छोरी १३ बर्सिया गुलशना खातुनको शव कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.