पटक-पटक सहमति गर्‍यौँ, यस पटक ऐन नलिई फर्कंदैनौँ- आन्दोलित शिक्षक 

आन्दोलन छाडेर वार्तामा आउन सरकारको पुन: आग्रह

काठमाडौँ-  काठमाडौँको माइतीघरदेखि बानेश्वर सडक केही दिन यता आन्दोलनरत शिक्षकहरूको कब्जामा जस्तै देखिएको छ ।

बिहान १० बजे सडमा आयो, दिउसो ३-४ बजे सडमै बस्यो अनि गन्तव्यमा लाग्यो भोलि पुन: त्यही सडक उही दैनिकी दोहोरायो ।  केही दिनयता आन्दोलित शिक्षकहरूको यो दैनिकी जस्तो बनिरहेको छ ।

यहिबीचमा  हिजो देखि सुरु भएको  देशव्यापी ‘शैक्षिक हडताल’ले भने राजधानीको सडकमा शिक्षकको सङ्ख्या थप बढाउँदै लगेको छ। शिक्षा ऐन जारी नभएसम्म घर नफर्कने आन्दोलित शिक्षक अडानका बीच सरकारले पटक पटक वार्तामा आउन आग्रह गरेपनि शिक्षक महासङ्घले विगतमा भएका सहमतिको पालना गर्दै शिक्षा ऐन जारी गर्ने भरपर्दो प्रतिवद्धता नआएसम्म वार्ताका लागि बार्ता नगर्ने अडान लिदै आएको छ । 

विद्यालय शिक्षा विधेयक पारित गर्ने ठोस प्रत्याभूति नआएसम्म वार्तामा मा बस्नुको कुनै औचित्य नरहेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउनु हुन्छ । ”पटक पटक सहमति गर्यौ । धोका भयो यस पटक हामी ऐन नलिइ फर्कनेवाला छैनौ ।  मङ्गलबार  बानेश्वर सडकमा सम्बोधनको क्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष  सुवेदी भन्नुभयो । 

विद्यालय बन्द गरी काठमाडौँमा शिक्षक

सोमबारदेखि शैक्षिक हडताल घोषणा गरेसँगै शिक्षकहरूलाई विद्यालय बन्द गरेर काठमाडौँ आन्दोलनमा आउन आन्दोलनरत नेपाल शिक्षक महासङ्घलले आग्रह गरेको छ ।

महासङ्घको आग्रहपछि जिल्ला -जिल्लाबाट थप शिक्षकहरू राजधानी आउन सुरु गरेका छन् ।  महासंघको आग्रहपछि  जिल्लाबाट थप शिक्षकहरू आज आँउदै हुनुहुन्छ । सुरुमा हाम्रो विद्यालयबाट पाँच जना आएका थियौ । आन्दोलनका लागि धनुषाबाट आएका शिक्षक जगदिश साहले भन्नु भयो ।

सरकारले सहमति गर्ने तर कार्यान्वयन नगर्ने  गरी आफ्ना माग मुद्दालाई गम्भीर रुपमा नलिदा शैक्षिक हडतालमा जानुको विकल्प नभएको आन्दोलनरत शिक्षकले बताउछन ।

खोटाङ्ग भगवती मावीका शिक्षक घनश्याम फुँयाल यसपालि शिक्षा ऐन नलिए आफूहरू नफर्कने बताउनु हुन्छ ।  विगतमा भएका सहमति पालनमा गर्दै शिक्षा ऐन ल्याइदिए हामी आफ्नो काममा फर्किहाल्छौ हामीले धेरै मागेका छैनौ । शिक्षक विद्यार्थी र अभिभावक मेेत्री शिक्षा ऐन न ह हामीले मागेको हुरा । नयाँ शैक्षिक सत्रको सुरुवात  नतिजा प्रकाशन गर्नुपर्ने छ । आगामी शैक्षिक सत्रको व्यवस्थापनको काम छ । यि सवै छाडेर काठमाडौँको सडकमा दिनहुँ धाइ रहनु पक्कै पनि हाम्रो रहर होइन,” शिक्षक फुँयाल भन्नुहुन्छ ।

सडकमै हाजिरी र बर्थे डे केक नै सडकमा 

शिक्षकहरुका आन्दोलन गर्ने माइतघर बानेश्वर सडकमापुग्दा विरोधका विभिन्न स्वरूपहरू देख्न सकिन्छ । कतै  नाँचगान, कतै भजन त कतै भाषण । ‘कता हिँडेको सरकार ऐन जारी नगरी, शिक्षक हेरेको हेरै !   म त आउने थिएन शिक्षा ऐनले बोलायो ।  जस्ता शब्दमा दोहोरी, रिमिक्सऽ र्यापादेखि देउडासम्म- हिमाल देखि तराइ सम्मका र भाषा गित संगितको धुनले सडकमा मेला लागे हो कि जस्तो अनुभुति पनि गराउछ ।

कोही शिक्षकहरु गित संगितमा मस्त भइरहँदा  केही शिक्षकहरुले  सडकमा बर्थ डे केके पनि काटेको भेटिन्छन् । त्यही हुलमा केही शिक्षकहरुले आन्दोलनमा आफ्नो उपस्थितिको हाजिरी पनि जनाइ रहेका हुन्छन । काठमाडौँ आन्दोलनमा आएका शिक्षका घुमफिरमा नलागुन भनेर शिक्षकहरुलाई सडकमा हाजिरी अनिवार्य गरिएको शिक्षकहरू बताउछन्  ।

  सेल्फी सेन्टर बने  जादुगर शिक्षक

 शिक्षक आन्दोलनमा जाने जो कहिका लागि पनि यतिवेलन निकै खोजिको शिक्षकमा पर्छन जादुगर शिक्षक देवेन्द्र शाह  । जादु कला देखाएर सामाजिक सञ्जालमा भाइरल बनेका शिक्षक देवेन्द्र साह यो पक्तिकार सडकमा पुग्दा पनि त्यसरी नै शिक्षक र पत्रकार रमितेहरुको घेरमा भित्रै थिए । शिक्षक  साह शिक्षक आन्दोलमा सडकमा सवैको सेल्फी सेन्टरको रुपमा पाइयो । उनको जादु हेर्ने र सेल्फी खिच्चे उनिलाइ जतिवेला पनि घेरा हाली रहेका थिए । 

पुन: वार्तामा बोलायो सरकारकाले 

 सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागका सम्बन्धमा वार्ता र संवादबाट समस्याको समाधान गर्न आमन्त्रण गरिएको उल्लेख छ ।

मन्त्रालयक प्रवक्ता शिवकुमार सापकोटाले हस्ताक्षर गर्नुभएको सो प्रेस विज्ञप्तीमा वार्ताका लागि राहत तथा अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुनेगरी भोलि चैत्र २७ गते उपस्थित हुन पुन: आग्रह गरिएको छ ।

सरकारले यसअघि पनि चैत्र २१ र २२ गते वार्ताका लागि आन्दोलनरत शिक्षकहरुलाई आव्हान गरेको थियो । तर सरकारको सो आग्रहलाई शिक्षकहरुले इन्कार गरेका थिए ।

 यसअघि के भएको थियो सहमति ?

 शिक्षकहरुले यस अघि पनि पटक पटक आन्दोलन गरेका थिए । पटक पटक सहमति भएको छ । पछिल्लो पटक २०८० असोजमा पनि राजधानीको सडकमा प्रर्दशन गरेका थिए । उक्त प्रर्दशन ६ बुँदे सहमतिमा पुगेको थियो । अहिले शिक्षा ऐन ल्याएर सोही सहमति कार्यान्वन गर्नुपर्नेमा शिक्षकहरुले जोड दिएका छन् ।  यसअघि सरकारले शिक्षक महासंघ सँग गरेको सहमति यस्तो छ ।

 १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।

२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने (क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने (ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने। (ग) प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था। (घ) पेशागत सुरक्षाको लागि सजाय सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने। (ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने। (च) सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने । (छ) प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने । (ज) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने। (झ) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।

३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने (क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने। (a) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु । (ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा सम्बन्धी विषय । (घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन लगायतका सुविधा सम्बन्धी विषय । (ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय ।

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय:- (क) विद्यालय कर्मचारीको दरबन्दीको विषय । (ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषयः। (ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय । (घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय । (ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा । (च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय ।  विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानुनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने।

५. साविक उच्च माध्यमिक विद्यालयमा, राहत, विशेष शिक्षा अनुदानकोटामा नियुक्त भई निरन्तर सेवारत सम्बन्धमा मिति २०७३।३।१५ अघि नियुक्त भएकाकोहकमा शत प्रतिशत र सो पश्चातको हकमा पचत्तर प्रतिशत सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने। ६. विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा स संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्ष प्रदान गर्ने

६.नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबाट सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।  सहमति मिति २०८०।६।५ 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.