मानव बेचबिखन कसुरमा पाँच वर्ष कैद तोकिएका गोरखाका ढकाल पक्राउ

गोरखा- मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पाँच वर्ष कैद सजाय तोकिएका गोरखा सदरमुकामका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । सो टोलीले ढकाललाई गोरखाबाट पक्राउ गरेर राजधानी लगेको छ ।

ढकालले टोखामा घर भाडामा लिई खाजा सञ्चालन गर्दै आएका थिए । उक्त खाजा घरमा उनले बालिकालाई यौन व्यवसायमा लगाएको प्रहरीले आरोप लगाएको छ ।

प्रति ग्राहक एक हजार रुपैयाँ लिएर बालिकालाई यौन कार्यमा लगाएको आरोपमा उनलाई ब्यूरोको टोलीले २५ मंसिर २०७९ मा पक्राउ गरेको थियो । त्यतिबेला उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

फैसला हुँदा भने उनी दोषी ठहर हुँदै पाँच वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.