अगुवा कृषक बोकेको बस दुर्घटना, ३० जना घाइते, पाँच जनाको अवस्था गम्भिर

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका-३ चिसापानी बजारमा गएराति बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
धरान-चतरा सडक खण्डमा पर्ने उक्त स्थानमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बस अनियन्त्रित भई घुम्तीमा एक्कासि पल्टँदा बसमा सवार ३० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदीका अगुवा कृषक रहेका थिए । घाइतेमध्ये भिमफेदी गाउँपालिका ३ बुम्लिङ बस्ने वर्ष ४६ का श्रीराम बज्यू, भीमफेदी ५ ज्यामिरेकी रिता मगर, सोही स्थानका अनिल स्याङ्बो, भिमफेदी ६ कि साने आले र भिमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य समित्रा लामाको अवस्था गम्भिर रहेका छ ।
उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । बाँकी घाइतेहरुको बकैयास्थित स्वास्थ्य केन्द्र, हेटौंडा अस्पताल र हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइतेभएका १० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । बसका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्