पानी परेर सडक चिप्लो भएपछि दाउन्ने सडक खण्ड अवरुद्ध

पूर्वी नवलपरासी- वर्षाको कारण बाटो हिलो र चिप्लो हुदा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड अबरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि राजमार्ग अवरुद्ध भएको हो ।
दाउन्ने खण्डमा कालोपत्रे सडक खनेर विस्तारको काम भईरहेको अवस्थामा बिहान परेको वर्षाले सडक हिलाम्य हुदा सवारी संचालनमा कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा हिजो देखि आगामी चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म सवारी आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो ।
त्यस्तै आगामी वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम गरिने तयारी गरिएको नारायणगढ–बुटवल सडक निर्माण योजनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्