सशस्त्रबाट औषधसहित दुई जना पक्राउ

काभ्रे – काभ्रेको बनेपामा लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका–०७ स्थित चाँदनीचोकनजिक रहेको नेवारी खाजा घरबाट सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतको इन्टेलिजेन्स ब्युरोले बुधबार लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर १५ हेडक्वार्टरले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमा धुलिखेल नगरपालिका-०६ का २८ वर्षीय अमृत भण्डारी र धुलिखेल नगरपालिका-०४ का ३० वर्षीय श्रीकृष्ण सत्याल रहेको सशस्त्र प्रहरी बल गण नम्बर १५ हेडक्वार्टरका गणपति प्रहरी उपरीक्षक प्रेम प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूबाट पोल्यान्ड नामक लागूऔषध ५ केजी १०० ग्राम बरामद भएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.