उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा – उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात परेको छ । चुमनुब्री गाउँपालिका–१, स्थित साम्दोमा गएरातीदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
‘‘आज रातीदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, उहाँले भन्नुभयो ‘‘हिमपातले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ ।’’
साम्दोगाउँ समुन्द्री सतहदेखि झन्डै तीन हजार ८ सय ७७ मिटरको उचाइमा पर्दछ । हिमपातका कारण लार्के पास गर्न हिँडेका पर्यटकहरू रोकिएका छन् । स्थानीयबासीहरु घर बाहिर निस्कन कठिनाइ भएको छ ।
हिमपात परेसँगै पर्यटकहरू होटलहरु आश्रय लिएर बसेको अध्यक्ष लामाले बताउनुभयो । लार्के पास पदमार्गमा पुरै हिउँले ढाकेको छ ।






प्रतिक्रिया राख्नुहोस्