चट्याङले रोल्पामा एक बालिकाको मृत्यु, हावाहुरीले पनि क्षति

दाङ – चट्याङ लागेर रोल्पामा एक बालिकाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।
रोल्पाको सुनिलस्मृती गाउँपालिका–५ काप्जिङकी १६ वर्षीया धनमाया खत्रीको घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै गरी चट्याङ लागी सोही ठाउँ बस्ने वर्ष १५ को नवीन खत्री र वर्ष १३ की लीला घर्ती घाइते भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले प्रदेशका १६ ठाउँमा क्षति पुगेको ।
रोल्पाकै रुन्टिगढी गाउँपालिका–५ हापखोला बाल कल्याण प्रावि हापखोलाको अफिसको टिनको छानो उडाएको जनाइएको छ । यता दाङमा घोराही उपमहानगरपालिका–२ डाङडुङे निवासी मोहन कुमार सुबेदीको २ तले पक्की घरमा चट्याङ पर्दा छत र बिद्युत्को मिटरमा क्षेत्री पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसै गरी पाल्पाका विभिन्न ठाउँहरूमा हावाहुरी चट्याङले घरहरूमा क्षति गरेको छ भने विद्युत्का तार सडकमा झर्न गई बाटो अवरुद्ध भएको छ । यस्तै बाँकेमा गए राती आएको भीषण हावाहुरीका कारण ठाउँ ठाउँमा विद्युत्का पोल ढलेर क्षतिग्रस्त भएपछि जिल्लाका अधिकांश स्थानको विद्युत् सेवा हिजो रातीबाटै अवरुद्ध भएको छ भने विभिन्न घर गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्