अर्घाखाँचीमा चट्याङ लागेर घाइते भएका वृद्धको मृत्यु

अर्घाखाँची –  अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

भूमिकासाथ नगरपालिका १० लिसे पानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो । बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । उहाँलाई अस्पतालले मृत घोषणा गरेको हो । घरमा रहेका अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.