शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग वार्ता

काठमाडौँ- सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग अहिले वार्ता गरिरहेको छ ।

शिक्षा मन्त्रालयमा सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भइरहेको छ ।

वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली र शिक्षक महासंघबाट सह-अध्यक्ष नानुमायाँ पराजुली नेतृत्वको टोली सहभागी छ ।

शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आएका शिक्षकहरुले सरकारले पटक पटक वार्तामा वस्न आग्रह गरेपनि मानेका थिएनन् ।

तर यो पटक भने उनीहरु वार्तामा बसेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.