न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु

काठमाडौं- स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् ।

हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।

न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.