शिक्षकहरुलाई प्रधानमन्त्रीको जवाफ: ‘आफ्नो मात्र होइन देशको अवस्था पनि हेर्नुस्’

शिक्षा ऐन चाँडै आउने प्रमको भनाइ

रुपन्देही- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताउनुभयो ।

समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन भन्दै प्रधानमन्त्री ओलीले  शिक्षा ऐन चाँडै आउने उल्लेख गर्नुभयो ।

शिक्षकहरुले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने  उहाँको भनाइ थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.