अध्यक्ष विष्टद्वारा प्रादेशिक कार्यालय अवलोकन

कास्की – सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराको अध्ययन अवलोकन गर्नु भएको छ ।
शुक्रवार बेलुका अध्यक्ष डा. विष्टले पोखरा माले पाटन स्थित रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयको अवलोकन गर्नुहुँदै कर्मचारीहरूलाई रेडियो र टेलिभिजन तथा डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिनुभयो।
उहाँले सार्वजनिक सेवा प्रसारण संस्थालाई माथि उठाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनु हुँदै यसमा एकाकार भई लाग्न सुझाव दिनुभयो ।अध्यक्ष डा. विष्टले भन्नुभयो “रेडियो र टेलिभिजनको भविष्य छ, यसमा हामीले डिजिटल माध्यमलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्छ।
रेडियो तथा टेलिभिजनमा केही समस्या रहेको बताउनुहुँदै कार्यकारी अध्यक्ष डा ,विष्टले पेन्सन, तलब लगायतका समस्या सहित भौतिक संरचनाहरू समेत धेरै ठाउँमा जीर्ण भएकोले त्यसको समय अनुसार व्यवस्थापन गर्दै लैजाने आफूहरूको योजना रहेको पनि स्पष्ट पार्नुभयो।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङले पोखरा कार्यालयको बस्तुस्थितबारे प्रस्ट्याउनु हुँदै अब छट्टै टेलिभिजनको स्टुडियो समेत बनाउने योजना रहेको स्पष्ट पार्नुभयो ।सीमित श्रोत साधनका बाबजुद संस्था चल्दै आएको बताउँदै उहाँले कर्मचारीलाई व्यवस्थापन गर्न कार्यालय भवन अभाव रहेको पनि जानकारी गराउनुभयो।
त्यस अवसरमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनका जिल्ला संवाददाताहरूले आफूहरूका समस्याबारे नेतृत्वको ध्यानाकर्षण गराउनुभयो।
प्रतिक्रिया राख्नुहोस्