वीरगंजमा कर्फ्यू हटाउन सर्वपक्षीय बैठक जारी, अवस्था सामान्य बन्दै

काठमाडौँ – दुुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारीपछि स्थिति सामान्य बन्दै गएको छ ।
हालको अवस्था समान्य रहेको र सामाजिक सदभाव नबिथोलिन जारी कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय बैठक जारी रहेको पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
सनिवार हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा भएको झडपले तनावको अवस्था सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो।
कफ्युको समय अवधि साझ ६ बजेसम्का लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयल पर्साले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्