वर्तमान सरकार बनेपछिको आठ महिना धेरै क्षेत्रमा सुधार: संचार मन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार बनेपछिको आठ महिनामा देशको धेरै क्षेत्रमा सुधार भइसकेको बताउनुभएको छ।
लमजुङको राइनास नगरपालिकामा रहेको भलायखर्क स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।
उहाँले देश भित्र हुर्किएको वेथिति हटाई मुलकलाई समृध्दीको दिशामा अघि बढाउन दुई ठुला दल मिलेर दुई तिहाइको सरकार बनाएको स्पष्ट पार्नु भयो।गठबन्धनको सरकारले ०८४ सालसम्म मुलुकको हित र विकासमा काम गर्ने पनि उहाँले बताउनु भयो।
देश भित्र सवै उपचार सेवा सरल र सहज तुल्याउन सरकार लागी परेको बताउदै आगामी वर्षको बजेट र नीति तथा कार्यक्रमले त्यसको सुरुवात गर्ने उहाँले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्