मकवानपुरमा ६२ जना भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिकाका ६२ जना भूमिहीन दलित तथा भूमीहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको एक समारोहका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री वलराम अधिकारीको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ र ७ का ६२ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । भूमीहीन दलित, सुकुम्बासी र अव्यवस्थीत बसोबासीलाई व्यवस्थापन गर्ने गरि कार्य भैरहेको दाबी गर्दै मन्त्री अधिकारीले भूमी सम्बन्धी समाधानका लागि गठित यो आयोग नै अन्तिम आयोग हुने गरि कार्य गर्ने जिकिर गर्नुभयो ।

मन्त्री अधिकारीले अझै २८ वटा स्थानीय तहले भूमीहीनहरुको तथ्यांक नबुझाएको बताउँदै तथ्यांकमा छुटेकाहरुलाई समेट्ने गरि अन्तिम पटक सूचना निकाल्ने तयारी भैरहेको समेत बताउनुभयो ।

मकवानपुर जिल्लामा अझै ३५ हजार भन्दा बढी भूमिहीन रहेको आयोगको तथ्यांक छ । उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया झन्झटीलो रहेको भूमी समस्या समाधान आयोगको बुझाई छ ।

यसलाई सहज बनाउन आयोगले मन्त्रालयको ध्यानाकर्षण गराएको भूमी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताउनुभयो ।

वर्षौँदेखि कागजी प्रमाणको अभावमा अन्योलमा रहेका बकैया ४ र ७ का बासिन्दा सरकारकै छाप भएको कागज सरकारकै हातबाट आफ्नै हातमा लिन पाउँदा खुशी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.