सुदूरपश्चिममा बिसुको रौनक, सिस्नु लगाएर मनाइँदै बिसु पर्व

बैतडी-  आज बैशाख १ गते नयाँ वर्ष अर्थात बिसु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ ।

नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व मनाउन यहाँका गाउँबस्तीमा बाहिर गएकाहरू घर फर्कने चलन छ । आजको दिन सिस्नो छ्याप्नाले छाला सम्बन्धी रोग व्याधि नलाग्ने विश्वास गरिन्छ ।

हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । देवरभाउजू, नन्दआमाजू र साली-भिनाजु एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विशुमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

स्वदेशमा रोजगारी नपाइने भएपछि सुदूरका पहाडी जिल्लाबाट कामको खोजीमा अधिकांश भारतका सहरतिर पस्ने गर्छन् ।

उनीहरू हिउँदे बाली लगाएर रोजगारीका लागि गएका थिए । बर्सेनि प्रायः यहीबेला उनीहरू घरपरिवारसँगै बिसु पर्व मनाउन फर्कने चलन छ ।

सञ्चारको साधन नहुने बेलामा विशुका लागि अनिवार्य घर फर्केर परिवारसँग बस्ने चलन थियो । यद्यपि आजभोलि भने यो अनिवार्य छैन् । परदेश गएकाहरूको अवस्था र जानकारी पाउन समेत पहिले बिसु कुर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.