समाजसेवी एवं साहित्यकार मोहन गुरुङलाई भाषा भास्कर उपाधि प्रदान

काठमाडौँ –  विगत लामो समयदेखि प्रवासमा रहेर कविता र गीति साहित्यको श्रीवृद्धिमा योगदान गरेबापत समाजसेवी एवं साहित्यकार मोहन गुरुङलाई भाषा भास्कर उपाधिबाट सम्मानित गरियो।

अमेरिकाको वासिङ्टन राज्यमा १२ कक्षासम्मको पाठ्यक्रममा नेपाली भाषा समाविष्ट गर्ने महान् कार्य गर्नुहुने  कवि एवम् गीतकार मोहन गुरुङले आफ्ना सुन्दर र मनमोहक सृजनाका माध्यमद्वारा नेपाली भाषाको श्री बृघ्दिमा विशिष्ट योगदान पुर्‍याउँदै आउनु भएकाले यहाँलाईू भाषा भास्कर उपाधि सहितको अभिनन्दन पत्र द्वारा सम्मानित गरियो।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा  लेखन कुञ्ज र गीत गजल शीतल संस्थाले उहाँलाई सो सम्मान गरेको हो।
वरिष्ठ साहित्यकार भिप्लभ प्रतिकले उहाँलाई अभिनन्दन गर्नु भएको थियो।

सोही कार्यक्रममा समाजसेवी एवं साहित्यकार मोहन गुरुङको हृदयमा विरहको आधि हुरी चल्छ गजल सार्वजनिक समेत गरियो।

नेपालमा स्वास्थ्य क्षेत्रमा कार्यरत समाजसेवी एवं साहित्यकार मोहन गुरुङ विगत ३१ वर्ष देखि अमेरिका व्यवसाय गरेर बस्दै आउनु भएको छ।

उहाँ अमेरिकाको वासिङ्टन राज्य दुई पटक स्टेट कमिस्नर समेत भइसक्नु भएको छ।

उहाँ नेपाल सियाटल सोसाइटिको परिकल्पनाकार तथा संस्थापक अध्यक्ष हुनुहुन्छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.