समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ: विद्यादेवी भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८२ को अवसरमा विश्वभर रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिनुहुँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिको मार्गमा अघि बढ्न आह्वान गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत भण्डारीले नयाँ वर्षलाई नवीकरण र आशाको समयको रूपमा औँल्याउँदै बलियो र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नुभएको छ।

राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन नसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

राष्ट्रहित भन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन नसक्ने र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी नहुने भन्दै उहाँले देशले दिनसक्ने जति अवसर दिइसकेको सन्देश मा उल्लेख गर्नुभएको छ ।

अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ र यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव भएको उहाँको भनाइ छ ।

नयाँ वर्षको आगमनसँगै  सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्ने उहाँको भनाइ छ ।

नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष तथा समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.