गोरखामा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, १ जना घाइते

गोरखा- गोरखा बजारमा आज भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनमा भिमसेन थापा गाउँपालिका-६ अश्राङ बस्ने केशव पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।
ज्यान गुमाउने पाण्डे मोटरसाइलक चालक हुन् । सोही दुर्घटनामा परी सोही स्थानका रबिन पाण्डे घाइते भएका हुन्। उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
दिउसो १ः१५ बजेको समयमा काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा ८८ प ९७६२ नम्बरको मोटरसाइकल गोरखा नगरपालिका–९ को ठिगुरेश्वारामा दुर्घटनामा परेको थियो ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको गोरखा प्रहरीले जानकारी दिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्