कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ-  नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।

आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने  निर्णय गरेको हो ।

बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो ।

योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ ।

आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ ।

शिक्षकहरुले  राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.